३३ किलो सुनकाण्डमा एमालेका नेता पक्राउ, यी हुन् ‘गोरे’को पैसा खाने सांसद

विराटनगर । प्रहरीले गारेको बयानका आधारमा नेपाल कम्युनिस्ट पार्टीका मोरङ जिल्लाका स्थानीय नेता रेवत भनिने रेवन्तकुमार आचार्यलाई पक्राउ गरेको छ ।

साढे ३३ किलो सुन तस्करी काण्ड र समन हत्या प्रकणमा संलग्न भएको आरोपमा प्रहरीले आचार्यलाई पक्राउ गरेको हो । उर्लाबारीबाट बिहीबार बेलुका आचार्यलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

३८ वर्षीय आचार्यलाई उलार्बारीबाट पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय मोरङले जनाएको छ । उर्लाबारीकै बासिन्दा आचार्यको उर्लाबारी चोकमा सुन पसल रहेको छ ।

उनीमाथि सनम शाक्यको हत्याका लागि चुडामणि उप्रेती उर्फ गोरे समूहले प्रयोग गरेको सामान उपलब्ध गराएको आरोप रहेको छ ।

आचार्यले समनको हत्याका लागि प्रयोग भएका तार, ब्याट्रीसहितका सामान उपलब्ध गराएको प्रहरीले जनाएको छ । आचार्यलाई गोरेले अदालतमा दिएको बयानका आधारमा पक्राउ गरिएको हो ।

मोरङ क्षेत्र नं. १ बाट निर्वाचित तत्कालीन एमालेका सांसद घनश्याम खतिवडालाई गोरेले चुनाव खर्च दुई लाख रुपियाँ उपलब्ध गराएका थिए । यसको चाँजोपाँचो उनै आचार्यले मिलाएका थिए ।

सुन तस्कर गोरेसँग साँठगाँठ गरेको तथा तस्करीको पैसा निर्वाचनमा प्रयोग भएको भन्दै एमालेका सांसद खतिवडालाई पनि पक्राउ गरेर कारबाही चलाउन माग उठेको छ ।

Published : Friday, 2018 May 25, 11:06 am

2 प्रतिकृया प्राप्त “३३ किलो सुनकाण्डमा एमालेका नेता पक्राउ, यी हुन् ‘गोरे’को पैसा खाने सांसद”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया