दाङमा दुई बद्मास ठेकेदार गिरफ्तार

घोराही । दाङमा तोकिएको समयमा निर्माणको काम पूरा नगरेको भन्दै प्रहरीले दुई निर्माण व्यवसायीलाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख दुर्गा सिंहलेनिर्माण व्यवसायीद्वय पदम शर्मा र प्रकाश महतारालाई पक्राउ गरेकी हुन् ।

शर्मालाई घोराहीमा सडक र पुल निर्माणमा ढिलासुस्ती गरेको अभियोगमा घोराहीबाट पक्राउ गरिको छ । अर्का ठेकेदार महतरालाई तुलसीपुरमा सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै तुलसीपुरबाट पक्राउ गरिएको थियो ।

अन्य निर्माण व्यवसायीको खोजीलाई तीव्र पारिएको छ । जिल्लामा ३५ भन्दा बढी योजना निर्माणका काममा ढिलासुस्ती भएको तथ्यांक आफूहरूले पाएको प्रहरी प्रमुख सिंहले बताइन् ।

Published : Thursday, 2018 May 24, 8:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया