गढवा बजारको अवैध ढेब्ली–टहरा हटाउन अल्टिमेटम

गढवा । दाङको गढवा गाउँपालिकाले गढवा बजारको लमही–कोइलाबास सडकखण्ड र कालाकाटे–सिक्टा सडकखण्डमा अतिक्रमण गरेर बनाइएका टहरा, डेब्लीसहितका भौतिक संरचना हटाउन चौवीस घण्टे अल्टिमेटम दिएको छ ।

सडकको दुईसय मिटर दायाँबाँया पर्ने सबैखाले ढेब्ली, टहरा तथा भौतिक संरचनाहरू हटाउन गाउँपालिकाले सार्वजनिक बुधबार सार्वजनिक सूचना जारी गरेर २४ घण्टे अल्टीमेटम दिएको हो ।

दुवै सडकको दायाँ–बायाँ पर्ने घुम्ती, पाली, घर टहरा वा अन्य कुनैपनि भौतिक संरचना हटाउन भनि वैशाख ७ गते जनप्रतिनिधिसहितको सर्वदलीय बैठक बसेर निर्णय गरेको थियो ।

अवैध संरचना हटाउन गाउँपालिकाले एक महिनाको म्याद दिएको थियो । अटेर गरेर कतिपयले अवैध संरचना नहटाएपछि गढवा गाउँपालिकाले अल्टीमेटम दिएको छ ।

तोकिएको समयावधीभित्र गढवा बजारको निर्धारित सडकभित्र पर्ने ढेब्ली, पाली, घर टहरा वा अन्य भौतिक संरचना स्वयं घरधनीले नहटाए गाउँपालिकाले हटाउने चेतावनी दिएको छ ।

Published : Thursday, 2018 May 24, 7:05 pm

1 प्रतिकृया प्राप्त “गढवा बजारको अवैध ढेब्ली–टहरा हटाउन अल्टिमेटम”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया