दाङमा गाउँपालिकाका वडा सदस्य चौधरीको मृत्यु

देउखुरी । दाङ जिल्लामा राप्ती गाउँपालिकाका वडा सदस्य विश्वपति चौधरीको निधन भएको छ ।

गाउँसभा सदस्य समेत रहेका राप्ती गाउँपालिका वडा नं. ४ का वडा सदस्य चौधरीको हृदयघातका कारण ४९ वर्षको उमेरमा मंगलवार निधन भएको परिवारजनले बताएका छन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले वडा सदस्य चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले दुखद् घडीमा मृत आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

Published : Thursday, 2018 May 24, 6:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया