राप्ती गाउँपालिकाको विकट बस्तीहरूमा बल्ने भयो झलमल बिजुली

मसुरिया । दाङको राप्ती गाउँपालिकाले तीनवटा विकट बस्तीमा विद्युतीकरणका लागि पहल सुरु गरेको छ ।

वडा नं. ५, ८ र ९ का बस्तीमा विद्युतीकरणका लागि अध्यक्ष नुमानन्द सुवेदीले पहल थालेका हुन् । विद्युतीकरण गर्ने उदेश्यले राप्ती गाउँपालिका र नेपाल विद्युत प्रधिकरण घोराही शाखाबीच बिहीबार मसुरियास्थित गाउँपालिकाको मुख्यालयमा छलफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।

‘राप्ती गाउँपालिकाले विकट बस्तीमा बहुवर्षे योजनाअनुसार सबै घरघरमा विद्युत पु¥याउने योजना अनुसार काम शुरु भएको छ’, प्रशासकीय अधिकृत भुसालले भने, ‘सरोकारवाला निकायसँग परामर्श भएको छ । काम छिट्टै अगाडि बढ्छ ।’

छलफलमा राप्ती गाउँपालिकाका अध्यक्ष सुवेदीका साथै उपाध्यक्ष जगदम्वा चौधरी, प्रमुख प्रशासकीय अधिकृत भुसाल, नेपाल विद्युत प्रधिकरण घोराही वितरण केन्द्रका प्रमुख मधुसुदन यादव, वडा नं. ५ वडाध्यक्ष गोवर्धन रावत, वडा नं. ८ का वडाध्यक्ष गोकर्णबहादुर राना र वडा नं. ९का वडाध्यक्ष रिमबहादुर सुनारीलगायतको सहभागिता रहेको थियो ।

राप्ती गाउँपालिकाको यस आर्थिक वर्षको स्वीकृत विद्युत् विस्तार बजेट तथा नेपाल विद्युत प्रधिकरण घोराही वितरण केन्द्रको सहकार्यमा तीनवटा वडाका विकट ग्रामीण बस्तीमा विद्युतीकरण गर्ने निर्णय गरिसकेको छ ।

Published : Thursday, 2018 May 24, 6:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया