बहुमतको घमण्डमा ओलीले कांग्रेसलाई यसरी होच्याए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसलाई होच्याउँदै अपमानित हुने गरेर अभिव्यक्ति दिएका छन् ।

सोमबारको संसद बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्बोधनमा संसदलाई होच्याउने गरेर आएको सम्बोधनको विरोध गर्ने क्रममा ओलीले कांग्रेसका नेताहरूलाई अपमानित हुने गरेर जवाफ दिएका हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले सभामुख र अध्यक्षलाई उच्च आदरर्थी शब्द प्रयोग गर्नुपर्नेमा उनले त्यो शब्द भने वाचन गरेकी थिइनन् ।

दुई ठूला कम्युनिस्ट पार्टीको एकीकरणपछि झण्डै दुई तिहाई बहुमतको सरकारको नेतृत्व गरिरहेका ओलीले नेपाली कांग्रेसका नेता एमव् सांसद डा.मीनेन्द्र रिजाललाई अपमानित हुने गरेर जवाफ दिएका हुन् ।

संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रम बाचनका बेला राष्ट्रपति भण्डारीले सभामुख र अध्यक्षलाई अपमानित हुने पदावली किन बोलेको भनेर प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए ।

त्यसको जवाफमा ओलीले भनेका थिए, ‘नौ गते मुखमा छुरा लगाएर आउनु’ भनेका थिए । यसको अर्थ ओलीले जे मन लाग्छ त्यै गर । जति आलोचना गरे पनि म डराउँदिन भन्ने जवाफ कांग्रेसलाई दिएका थिए ।

ओलीले दिएको जवाफका विषयमा कांग्रेसभित्र गम्भीर बहस पनि भएको छ । कांग्रेसले कम्युनिस्ट नेताहरूमा दम्भ जागेको भन्दै यो घमण्ड अन्त्य हुनै पर्ने निष्कर्ष निकालेका छन् । मंगलबार बसेको संसदीय दलको बैठकमा पनि सांसद डा. रिजालले सांसदहरूलाई ओलीको जवाफ बारेमा जानकारी गराएका थिए ।

कांग्रेसले संसदीय मर्यादालाई जोगाइ राख्न र संसदको गरिमा जोगाउन जे पनि गर्ने निर्णय गरेको छ । कांग्रेसको निर्णयले ओलीलाई झट्का लागेको छ ।

झण्डै दुईतिहाइको बहुमतको नेकपाको अध्यक्ष र सरकार चलाइ रहेका ओलीले दिनप्रति दिन अहंकारी र घमण्डपूर्ण अभिव्यक्ति दिने गरेको आरोप कांग्रेसको छ । नेकपाभित्र पनि ओलीको दम्भपूर्ण व्यवहारको आलोचना हुँदै आएको छ । झन् कांग्रेसलाई होच्याएर दिएको यो अभिव्यक्तिले ओलीको कदलाई झन् छोट्याइ दिएको छ ।

Published : Thursday, 2018 May 24, 2:11 pm

1 प्रतिकृया प्राप्त “बहुमतको घमण्डमा ओलीले कांग्रेसलाई यसरी होच्याए”

  • Rastra pati hoina kpko pa ho tehi vasa bole ki hun unko hatyara dimakhma tehi aayo ani k nolun

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया