कम्युनिस्टको पछि लाग्दा ढल्ने भयो प्रदेश २ को सरकार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला आन्तरिक मामिलाको विषय सार्वजनिक रुपमा उठाएपछि विवादमा तानिएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो अभिव्यक्तिमा नरमपना ल्याएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री राउतले मोदीको भ्रमणमा दिएको अभिव्यक्तिलाई मिडियोले अनावश्यक रुपमा विवादित बनाइदिएको आरोप लगाए । ‘संविधान संशोधनको विषय मैले सधै बोल्दै आएको कुरा हो’, उनले भने, ‘मोदीको भ्रमणमा बोलेर के विगारे । तर, मिडियाहरूले मलाई अनावश्यक रुपमा विवादमा तानिदियो ।’

अमेरिका भ्रमणमा जान नपाएको विषयमा मुख्यमन्त्री राउतले भने, ‘अमेरिकामा बस्ने मधेसीहरूको कार्यक्रममा जान नदिएर सरकारले अन्याय गरेको छ ।’ खिण्डनकारीको कार्यक्रममा जान लागेको भनेर मिडियाहरूले आफूलाई विवादमा तानेको मुख्यमन्त्री राउतको आरोप छ ।

प्रधानमन्त्री केपी ओलीप्रति नरम देखिएका मुख्यमन्त्री राउतले संघीय सरकारको निर्देशनमा प्रदेशमा काम गरिने बताए । ओलीविरुद्ध सधै कडा अभिव्यक्ति दिने गरेका राउतले आजको कार्यक्रममा भने नरम भएर बोलेका दिएका थिए ।

त्यति मात्रै होइन हिन्दू भाषामा बोल्नुपर्ने आफ्नो बाध्यता रहेको राउतले बताएका छन् । ‘मोदीको नागरिक अभिनन्दनमा नेपालीमा बोल्दा कस्तो भयो देख्नु भएन ?’, रक्षामन्त्री ईश्वर पोखरेलप्रति संकेत गर्दै राउतले भने, ‘हिन्द भाषामा बोल्नु मेरो आफ्नै बाध्यता छन् ।’ नागरिक अभिनन्दनका बेला पोखरेलले नेपालीमा बोल्दा होहल्ला गरेर बीचमै भाषण छोट्याउनुपर्ने अवस्था भएको थियो ।

प्रदेश २ का मुख्यमन्त्री राउतले संविधान, कानून र आफ्नो मर्यादा विपरितका क्रियाकलाप गर्न थालेपछि प्रधानमन्त्री ओलीले संसदमा असन्तुष्टि नै जनाएका थिए ।

त्यति मात्रै होइन राउतको व्यवहारमा सुधार नभएको भन्दै प्रदेश २ को सरकारलाई दिएको समर्थन नेपाल कम्युनिस्ट पार्टीले फिर्ता लिनेबारेमा समेत विचार गर्न लागेको भनेर समाचार बाहिरिएका छन् । मुख्यमन्त्री पदको कुर्सीमा संकट पर्न लागेको देखेर राउतले आफूलाई नरम बनाउँदै लगेको एक नेताले बताएका छन् ।

केन्द्र सरकारमा संघीय फोरमले ओलीलाई समर्थन गरेको छ । त्यसको बदलामा प्रदेश २ मा एमाले र माओवादीले संघीय फोरमको सरकारलाई समर्थन गरेको छ । केन्द्रीय सरकारमा जाने भने पनि संघीय फोरमलाईलाई ओलीले लगेनन् । अहिले आएर ओलीले प्रदेश २ को सरकार ढाल्नका लागि योजना बनाएका छन् । संघीय फोरम एमाले र माओवादीसँग मिलेपछि कांग्रेस विपक्षमा बसेको थियो ।

Published : Wednesday, 2018 May 23, 11:11 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया