एमालेभित्र खनालको विद्रोह, नेपाल लोभीपापी

काठमाडौं । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा निरंकुशता लादेको भन्दै आलोचना भइरहेको छ । हुन त कांग्रेसले ओलीलाई निरंकुशताको आरोप लगाएको थियो । अहिले आएर कांग्रेसले ओलीलाई लगाएको आरोप पुष्टि हुने अवस्थामा पुगेको छ ।

एमालेका वरिष्ठ नेता झलनाथ खनालले ओलीले पार्टीभित्र निरंकुशता लादेको भन्दै विद्रोह थालेका छन् । यहि बेलामा पार्टी एकताको पनि तयारी भइरहेको छ ।

एमालेका नेता माधवकुमार नेपालले पनि ओलीलाई साथ दिने संकेत गरेपछि खनालले अलग गुट निर्माण गरेर ओलीलाई साइजमा ल्याउने तयारी गरेका छन् । स्रोतका अनुसार ओलीका गलत क्रियाकलापको खनालले एक्लै प्रतिवाद गर्दै आएका छन् ।

ओलीको समर्थनमा आगामी महाधिवेशनबाट अध्यक्ष बन्ने सपना देखेका नेपाल मौन रहँदै आएका छन् । नेता नेपालको मौनतालाई खनालले बुझेका छन् । खनालले आफू निकटका नेताहरूलाई आफ्नै निवास डल्लुमा बोलाएर ओली र नेपाल विरुद्ध संगठन गर्ने गरेका छन् ।

एमालेका एक नेताका अनुसार ओलीले पार्टीलाई निकम्मा बनाएका छन् । नियमित बैठकहरू पनि बस्न नसकेको भन्दै खनालले ओलीको आलोचना गरेका छन् ।

हुन त बुधबार उपचारका लागि चीन प्रस्थान गरेका वरिष्ठ नेता खनालले चिनियाँ नेताहरूसँग नेपालको राजनीतिक अवस्थाका बारेमा पनि छलफल गर्नेछन् । खनालले नेपालमा चीनको प्रभाव बनाइ राख्ने विभिन्न योजना चलाए पनि सफल हुन सकेका छैन ।

नेता खनाललाई घाटीमा थाइराइड रहेको छ । थाइराइड बढ्दै गएपछि त्यसको शल्यक्रिया गर्नुपर्ने अवस्था भएको छ । ओलीलाई मृगौलाको रोग छ । नेता खनाललाई थाइराइडको रोग रहेको छ ।

नेता खनालको सम्पूर्ण उपचार खर्च चीनले व्यहोर्ने आश्वासन दिएको छ । खनाल पनि चीनको आर्थिक सहयोग पाउने भएपछि बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

Published : Thursday, 2018 May 17, 11:31 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया