कांग्रेसको जिम्मेवारीपूर्ण निर्णयले एमालेलाई झट्का

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा राष्ट्रिय सभाको नियमावली संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूको सहमतिबाट निर्माण गर्नुपर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको संसदीय दलको बैठकले सहमतिबाटै नियमावली बनाउनुपर्ने निर्णय गरेको हो । अभियोग लाग्नेवित्तिकै सांसदलाई निलम्बन गर्नुपर्ने एमालेको प्रस्तावको कांग्रेस, माओवादी केन्द्र र मधेस केन्द्रित दलहरूले विरोध गर्दै आएका छन् ।

कांग्रेसले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम तथा बजेटको सन्दर्भमा संसदीय दलबाट विषयगत समिति गठन गरी पार्टीको ठोस धारण राख्ने निर्णय गरेको मुख्य सचेतक बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सांसदहरूले कम्युनिस्ट सरकारले सहमति र सहकार्यको राजनीतिलाई बेवास्ता गरेर अगाडि बढ्न खोजेको आरोप लगाए ।

उनीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला कुटनीतिक मर्यादा विपरित एमाले नेतृत्वको सरकारले कार्य गरेको भन्दै कांग्रेसले आलोचना समेत गरेको छ ।

बैठकमा मुख्य सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुषाल गौतम, सांसद दिलेन्द्रप्रसाद वडू, राधेश्याम अधिकारी, डा.मीनेन्द्र रिजाल, गगनकुमार थापा, रामबहादुर विष्ट, सञ्जयकुमार गौतम, प्रमिला राई, भरतकुमार शाह, अतहरकमाल मुसलमान र जीप छिरिङ लामाले आ–आफ्नो धारणा राखेका थिए ।

Published : Wednesday, 2018 May 16, 9:31 pm

1 प्रतिकृया प्राप्त “कांग्रेसको जिम्मेवारीपूर्ण निर्णयले एमालेलाई झट्का”

  • सिन्डिकेट धारी, बलात्कारि, फौजदारी र भ्रष्टाचारि को पक्षमा कति दिन लाग्छौ ? कांग्रेसलाई रसातल मै पुर्याउने हो त ?

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया