भारतसँग किन रिसायो कांग्रेस ? दियो कडा चेतावनी

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भारतीय सांसद कीर्ति आजादको अभिव्यक्ति आपत्तिजकर र दुराशयपूर्ण भएको जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो अभिव्यक्तिको ट्वीटले दुई देशबीचको सम्बन्धमा खलल पुग्ने उल्लेख गरिएको छ । सांसद आजादले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेकै बेला जनकपुरलाई मिथिला राज्य घोषणा गर्न माग गरेका थिए ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहनु भएको बेला भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीट मार्फत् गरेको आपत्तिजनक अभिव्यक्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्‍याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको छ । भारतीय सांसद आजादको यो आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ ।’

उनको अभिव्यक्ति नेपाल र नेपाली नागरिकहरुका लागि सह्य हुन नसक्ने विषय भएको उल्लेख गर्दै कांग्रेसले यस सम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कुटनीतिक पहल गर्न माग गरेको छ ।

Published : Monday, 2018 May 14, 7:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया