उपराष्ट्रपति र गृहमन्त्रीका छोराहरूको यो हो असली धन्दा, प्रहरीमा ठाडै हस्तक्षेप

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा नेपाल प्रहरीका उपरीक्षकहरू (एसपी)को सरुवामा हस्तक्षेप गरेको भनेर आलोचना भइरहेका बेला उनका छोरा प्रतीक थापा खराब आचरण भएका व्यक्तिहरूको चंगुलमा फसेको आरोप लागेको छ ।
ललितपुरमा अवैध रुपमा बालुवाखानी सञ्चालन र तस्करी गर्दै आएका प्रतीकले रक्तचन्दन तस्कर, लागुऔषध प्रकरणमा निलम्बनमा परेका एसपीहरूलाई जिल्ला इञ्चार्ज दिन आफ्ना बाबु एवम् गृहमन्त्री थापालाई दवाव दिएको स्रोतले जनाएको छ । प्रतीकले साधारण सिपाहीको सरुवा र बढुवामा पनि अनावश्यक चासो राख्ने गरेको गृह मन्त्रालय स्रोतको भनाइ छ ।
एसपीहरूको सरुवामा गृहमन्त्री थापाका छोरा प्रतीक थापा र उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले सेटिङ गरेका थिए । प्रतीक र दीपेश ललितपुरमा अवैध बालुवाखानी सञ्चालन गर्दै आएका विज्नेशपार्टनर हुन् ।
उपराष्ट्रपति पुनका छोरा दीपेशको सिफारिसमा आईजीपी सर्वेन्द्र खनालले ओम राना जस्ता बदनाम एसपीलाई कास्कीको प्रमुखमा सरुवा गरेका छन् ।
ओम रानालाई रसुवाको डीएसपी हुँदा रक्तचन्दन तस्करी गरेको आरोपमा अवधि पुग्नुअघि नै तानिएको थियो । गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै बनाएका थिए । पुन र थापाकै सिफारिसमा खनालले रुपन्देहीको डीएसपी हुँदा लागूऔषध प्रकरणमा १ वर्ष निलम्बनमा परेका रामेश्वरप्रसाद यादवलाई सिन्धुलीमा सरुवा गरेका छन् ।
कार्यक्षमता नै नभएका र बिरामी अवस्थाका सुशीलसिंह राठौरलाई चितवन जस्तो संवेदनशील जिल्लामा सरुवा गरिएको छ । गृह मन्त्रालयका हरेक आदेश मन्दा आइजीपी खनालको नाक काटिएको आरोप लाग्न थालेको छ ।
गलत व्यक्तिहरूले प्रतीकलाई प्रयोग गरेर काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेललाई हटाउन ठूलो चलखेल भएको खुलासा भएको छ । काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाएपछि एसएसपी पोखरेलले तस्कर, गुण्डा र खराब व्यक्तिहरूको सूची नै तयार पारेर कारबाही अगाडि बढाएको बताइन्छ । पोखरेलको कामकारबाहीबाट तर्सिएका व्यक्तिहरूले प्रतीकलाई प्रयोग गरेर हटाएर आफू अनुकूलको एसएसपी ल्याउने तयारी भएको हो ।
एसएसपी पोखरेल चार महिना अगाडि मात्रै काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी लिन पुगेका थिए । गृहमन्त्री थापाका छोरा प्रतीकले काठमाडौं प्रहरी प्रमुख एसएसपी पोखरेललाई हटाएर एसएसपी वसन्त लामालाई पठाउन चलखेल सुरु गरेका छन् ।
मकवानपुर र कास्कीमा बस्दा अकुत सम्पत्ति जोडेका एसएसपी लामा अहिले सुन तस्करीको छानविनका लागि गठित विशेष अनुसन्धान समितिमा छन् । एसएसपी लामा र प्रतीक थापाबीच पछिल्लो समय राम्रो उठबस हुँदै आएको छ । प्रतीक र एसएसपी लामा बेलाबेला राजधानीका विभिन्न स्थानमा साथै देखिने गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत