कांग्रेसले अब क्रियाशील सदस्यहरूको तथ्याङ्क राख्ने

भरतपुर । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताएका छन् ।

चितवनमा नेपाल शिक्षक संघको २९औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा डा.कोइरालाले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताए । ‘मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ’, उनले भने, ‘अब के यसरी पार्टी चल्न सक्छ ?’

क्रियाशील सदस्यहरूको विषयमा महासमिति बैठकबाट प्रस्ताव पारित गरी पुनःविचार गर्ने महामन्त्री डा.कोइरालाको भनाइ थियो ।

अहिलेको निर्वाचनबाट कांग्रेसले पाठ सिकेको डा.कोइरालाले बताए । उनले भने, ‘अब क्रियाशील सदस्यहरूको सबै जानकारी राख्ने काम पार्टीले गर्नु आवश्यक छ । त्यसको तयारी भइरहेको छ ।’

कांग्रेसले क्रियाशील सदस्यहरूको जानकारी राख्ने र उनीहरूको योगदानअनुसारको जिम्मेवारी दिने गरी काम गरिने महामन्त्री डा.कोइरालाले बताएका छन् ।

अबको समयमा कांग्रेसमा एकता हुनु जरुरी रहेको डा.कोइरालाको भनार्इ थियो । कांग्रेसभित्र एकता आयो भने वाम गठबन्धन पनि डराउने बताउँदै उनले पार्टीभित्रको एकता अहिलेको समयमा आवश्यक रहेको बताए ।

Published : Sunday, 2018 May 13, 7:16 pm

2 प्रतिकृया प्राप्त “कांग्रेसले अब क्रियाशील सदस्यहरूको तथ्याङ्क राख्ने”

  • Ramro ra marmik soch xa tara karyanoyen pani hunu jaruri pardaxa ani matra ali sudhar hola.Khalti ra afno hernehaina uogdan hunuparyo.ra eklearkolai saghaunu paryo.asali karekartalai partyle sahayog garnu paryo.samaya dinuparyo

  • Ramro ra marmik soch xa good parrty le sochne time aayeko x sabai lai ek banayera liyera aagi badnu parx tesma aafu lagayat party vitra raheka karekartalai party ley sahayog sujhaf dinu parx time ma ab hami kasari aagdi badne ho ekvayera aagi jaauu aaajai kehi vko xaina hamro party nno 1 ma xa ra voli ka dina ma no one vayera aaune x jay nepal

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया