धर्म परिवर्तन गराउने चर्चहरूमा बम विस्फोट

कैलाली । विदेशीसँग पैसा लिएर धर्मपरिवर्तन गराएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले कैलाली जिल्लाका विभिन्न स्थानमा रहेका चर्चमा आक्रमण गरेका छन् ।

कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति आक्रमण भएको हो । बन्दको दिन डोटीमा पनि दुई वटा चर्चमा बम विस्फोट गरिएको स्रोतले जनाएको छ ।

बुडरमा रहेको दुई वटा चर्चमा आइतबार बिहान विस्फोट गराइएको हो । चर्चका नाममा केही क्रिश्चियनहरूले पैसाको लोभ देखाएर धर्म परिवर्तन गराएको आरोप छ ।

Published : Sunday, 2018 May 13, 1:09 pm

1 प्रतिकृया प्राप्त “धर्म परिवर्तन गराउने चर्चहरूमा बम विस्फोट”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया