धर्मगुरु आचार्य श्रीनिवासको यो हो असली रुप

काठमाडौं । गोली लागेर घाइते भएका हिन्दू धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

आफूले आफैंलाई गोली हान्न लगाएको अभियोगमा मोरङ प्रहरीको टोलीले श्रीनिवासलाई सोमबार काठमाडौंबाट पक्राउ गरेको हो ।

धर्मगुरू श्रीनिवास आफैंले गोली हान्न लगाएको खुलेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापाले बताए ।

आचार्यमाथि चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह लगाउन पुगेका श्रीनिवासमाथि गोली प्रहार भएको थियो । अनुसन्धानका क्रममा आफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरिएको हो ।

थापाका अनुसार गोली प्रहारमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका थिए ।

बिहीबार मोरङ प्रहरीले माधव चौधरी र लक्ष्मी अधिकारीलाई पक्राउ परेको थियो । उनीहरूको बयानमा धर्मगुरू आफैंले आफूहरूलाई गोली हान्न लगाएको बयान दिएपछि उनलाई आइतबार पक्राउ गरेको हो ।

Published : Monday, 2018 May 7, 5:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया