कांग्रेस बलियो बनाउन ठमेलमा गोप्य बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटीमा रुपमा विधान विपरित पदाधिकारी नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका भेला बोलाए सशक्त प्रतिरोध गर्ने तयारी गरेका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा आइतबार ४ नेताबीच भएको गोप्य छलफलमा पदाधिकारी मनोनयन प्रक्रिया र भावी रणनीतिबारे छलफल भएको हो । भावी दिनमा कसरी अघि बढ्ने भन्नेबारे यसै साता संस्थापनइतर पक्षको भेला बोलाउने तय भएको एक नेताले बताए ।

पदाधिकारी मनोनयन प्रक्रियालाई कसरी लिने र सभापति देउवाको गलत कार्यशैलीको कसरी प्रतिवाद गर्ने भन्नेबारे भेलाले तय गर्नेछ ।

नेता सिंहको निवासमा वरिष्ठ नेता पौडेल, सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र नवीन्द्रराज जोशीबीच छलफल भएको थियो ।

पौडेलले नवनियुक्त पदाधिकारीहरू उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खडका र सहमहामन्त्री डा.प्रकाशशरण महतले शनिबार आफूसँग गरेको छलफलबारे जानकारी गराएका थिए । त्यस अवसरमा महामन्त्री डा.शशांक कोइरालाको भूमिकालाई लिएर छलफलसमेत भएको थियो ।

पदाधिकारी मनोनयन विधानविपरीत भएको भन्दै पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बैठक बहिष्कार गर्दा महामन्त्री डा.कोइराला भने बैठकमा सहभागी भएरै समर्थन जनाएका थिए ।

बैठकमा सहभागी नेता केसीले सभापति देउवाको कार्यशैली विधान र सहमतिविपरीत भएको बताए ।

Published : Monday, 2018 May 7, 10:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया