यातायात व्यवसायीको समस्या वार्ताबाट समाधान खोज्न कांग्रेसको अपील

काठमाडौं । नेपाली कांग्रेसले यातायात व्यवसायीहरूसँग वार्ताबाट समस्याको समाधान खोज्न सरकारलाई अपील गरेको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले विज्ञाप्ति जारी गरेर यातायात व्यवसायीको धरपकड बन्द गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको हो ।

यातायात सिण्डिकेट खारेज गर्ने सरकारको निर्णयविरुद्ध शुक्रबार यातायात व्यवसायी महासंघले चक्काजाम गरेको थियो । देशभरि चक्काजाम गरेपछि सरकारले महासंघका पदाधिकारीसहित अन्य व्यवसायीलाई पक्राउ गरेको थियो ।

यातायात जस्तो अत्यावश्यक सेवामा चक्काजाम हड्ताल नगर्न सरकारले गरेको निषेध तोडेको भन्दै सरकारले उनीहरूलाई पक्राउ गरेको थियो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरको विज्ञप्तिमा यातायात बन्द गर्ने व्यवसायीको निर्णयबाट पर्न गएको असुविधा र कठिनाइप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

Published : Saturday, 2018 May 5, 5:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया