राप्ती गाउँपालिकाको वडा नं. २ मा सफाइ

मसुरिया । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाले सरसफाइको अभियानलाई सुरुवात गरेको छ ।

वडा नं. २ अन्तर्गत बराखुट्टी टुँडीखेल, कठाहा, एकतानगर लगायतका गाउँमा टोल सुुधार समितिको सक्रियतामा शनिवार सरसफाई गरिएको वडा नं. २ का वडाध्यक्ष जगत थापाले जानकारी दिए ।

गाउँ टोल सरसफाई अभियानमा वडा नं. २ मा राप्ती गाउँपालिकाका प्रमुुख प्रशासकिय अधिकृत जगतप्रसाद भुुसाल, वडा नं. २ का वडासचिव हेमन्त भण्डारी लगायतका स्थानीयको सहभागिता रहेको थियो ।

टुँडीखेलकी टोल सुुधार समिति संयोजक सीता कुँवर, एकता नगर टोल सुुधार समिति संयोजक हिमा पुुरी, कालिका भारती, पूर्वी बराखुट्टी टोल सुुधार समिति संयोजक मनकला भुुसाल, पश्चिम बराखुुट्टीटोल सुुधार समिति संयोजक हिमप्रसाद पौडेल, कठाहा टोल सुुधार समिति संयोजक नुमकला चौधरीले गाउँलाई सफाइ गर्न सबैमा अपील गरेका थिए ।

टोल सरसफाई कार्यक्रममा प्लास्टिक तथा सड्ने खालका फोरहहरूलाई विभाजन गरी व्यवस्थापन गरिएको वडाध्यक्ष जगत थापाले जानकारी दिए ।

Published : Saturday, 2018 May 5, 2:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया