बोल्ड निर्णय गर्दै देउवाद्वारा पदाधिकारी नियुक्ति, पौडेल समूह रिसायो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा पदाधिकारी मनोनयन गरेका छन् । नियुक्त भएका सबै देउवा समूहका हुन् । पौडेल समूहले एउटा पनि पदाधिकारी पाएन ।

महाधिवेशन सम्पन्न भएको दुई वर्षपछि देउवाले शुक्रवार उपसभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनयन गरेका हुन् ।

सहमहामन्त्रीमा डा.प्रकाशशरण महत नियुक्त भएका छन् । पदाधिकारी मनोनयनप्रति बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर समूह असन्तुष्ट बनेको छ । नेता प्रकाशमान सिंहले सभापति देउवाद्वारा विधान विपरित पदाधिकारी मनोनयन गरेको भन्दै निर्णय नमान्ने प्रतिक्रिया दिएका छन् ।

महाधिवेशन सम्पन्न भएको दुई महिना भित्र गर्नु पर्ने मनोनयन अहिले आएर गर्नु विधान विपरित रहेको पौडेल समूहले बैठक बहिस्कार गरेको हो ।

शुक्रवार नै बसेको पौडेल समूहको अनौपचारिक बैठकले पार्टी सुधारका लागि देउवा असफल भएको निश्कर्ष निकालेको थियो ।

पदाधिकारी मनोनयनको निर्णयप्रति महामन्त्री डा.शशांक कोइराला, नेता विजय गच्छदार र गोपालमान श्रेष्ठ भने मौन छन् ।

Published : Friday, 2018 May 4, 6:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया