पूर्वराजाद्वारा डा.देवकोटासँग फोनमा कुराकानी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले उपचार गराइ रहेका चिकित्सक डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

पूर्वराजा शाहले शुक्रबार डा.देवकोटालाई फोन गरेर स्वास्थ्य अवस्थाको बारेमा चासो राखेका हुन् । पूर्वराजा शाहका सहयोगी फडी पाठकका अनुसार उपचार गराइ रहेका डा.देवकोटालाई फोन गरेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

‘पूर्वराजा ज्ञानेन्द्र शाहले उपचार गराइ रहनुभएका चिकित्सक डा. उपेन्द्र देवकोटासँग फोनमा कुराकानी गरेर चिन्ता जनाउँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ’, पाठकले भने ।

बेलायमा उपचार गराएर आएका डा.देवकोटाले महाराजगञ्जको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार गराइ रहेका छन् । डा.देवकोटाको स्वास्थ्यका विषयमा धेरैले चासो राख्दै आएका छन् ।

Published : Friday, 2018 May 4, 6:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया