दङ्गाली कलाकारले बनाउने भए ‘लभ फरेभर’, गीत रेकर्डिङ सुरु

काठमाडौं । अभिनेता गणेश बेलवासेद्वारा एक वर्ष अगाडि घोषणा गरिएको फिल्म निमार्णको काम अगाडि बढेको छ । कथा र पटकथाको काम सम्पन्न भइसकेको छ ।
फिल्मका कलाकार, छायाँकन स्थल, गीत रेकर्डिङ र प्राविधिक विषयमा धामधम काम सुरु भइसकेको बेलवासेले बताए । ‘कथा र पटकथा तयार भइसकेको छ । एउटा गीत वैशाख २० गते रेकर्ड गरिएको छ’, उनले भने, ‘कलाकारहरू कस्ता खालका राख्ने भनेर गृहकार्यमा छौं ।’
बेलवासेले फिल्मको नाम ‘लभ फरेभर’ राख्ने तयारी गरेका छन् । ‘फिल्मको नाम ‘लभ फरेभर’ राख्ने हो कि भनेर तयारी गरेको छु’, उनले भने, ‘तर, योभन्दा उपयुक्त र राम्रो नाम जुर्यो भने बिचार गर्न सकिन्छ ।’ बेलवासेले यसअघि ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गरेका थिए ।
फिल्ममा लगानी राजु केसी र सुरेश हमालको हुनेछ । ‘फिल्ममा लगानी गर्न राजु केसी र सुरेश हमालले इच्छा जनाउनु भएको छ’, उनले भने, ‘फिल्मको सुरुवाती काम अगाडि बढाइएका छौँ ।’ फिल्मलाई बेल्वासेले निर्देशन गर्नेछन् । बेलवासेसहितका सबै लगानीकर्ताहरू दाङ जिल्ला निवासी हुन् ।
‘लभ फरेभर’को कथा र निर्माणले दर्शकलाई मनोरञ्जनका साथै फिल्मको लगानी उठाउने गरेर काम हुने बेलवासेले दाबी गरे । ‘फिल्ममा यस पटक गहन अध्ययन गरेर पूर्ण तयारीका साथ काम गरिएको छ’, उनले भने ।
फिल्मलाई नेपाल र भारतका मुख्य स्थानमा छायाँकन गरिनेछ । सस्पेन्स प्रेम कथामा आधारित ‘लभ फरेभर’मा नयाँ र पुराना कलाकारको अभिनय देख्न सकिनेछ ।
वैशाख २० गते रेकर्ड भएको ‘लभ फरेभर’को गीतमा गायक राजेशपायल राई र गायिका सुरुचीले स्वर दिएका छन् । गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । ‘पञ्चेबाजा घन्काउँदै…’ बोलको गीतका शब्द बेलवासेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत