भ्रमण सुरु नहुँदै नरेन्द्र मोदीको योजना चकनाचुर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा सम्बोधन गर्नेबारेमा कुनै पनि कार्यक्रम नरहेको सभामुख कृष्णबहादुर महराले बताएका छन् ।

सिंहदरबारमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सभामुख महराले मोदीले संसदमा सम्बोधन गर्नेबारेमा अहिलेसम्म कुनै कार्यक्रम नबनेको बताए ।

भारतीय प्रधानमन्त्री मोदीले संसदमा सम्बोधन गर्ने हल्ला चलिरहेका बेला सभामुख मोदीले सम्बोधन गर्ने कार्यक्रम नरहेको बताएका हुन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मोदीले सम्बोधनका विषयमा चासो जनाउँदै सार्वभाम सम्पन्न संसदमा विदेशी नागरिकर्लाइ सम्बोधन गर्न दिन नहुने भनेर विरोध गर्दै आएको थियो ।

मोदीले नेपालको संसदमा सम्बोधन गर्ने इच्छा देखाएका थिए । तर, कांग्रेससहितका लोकतान्त्रिक दलहरूले मोदीको यो योजनाको विरोध गरिरहेका थिए ।

Published : Wednesday, 2018 May 2, 9:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया