प्रमुख अतिथि बन्ने अवसर खोज्दै दीपेन्द्र झा

काठमाडौं । घटुवामा परेका एमालेका नेता तथा महान्यायाधिवक्ता अग्नि खरेलको जोडबलमा प्रदेश २ को मुख्यन्यायाधिवक्ता बनेका दीपेन्द्र झाले प्रमुख अतिथि बन्न पाएको प्रसंगको तस्बिर ट्वीट गरेर खुसी व्यक्त गरेका छन् ।

कुनै बेला मधेस र मधेसी जनताको नाममा ठूला–ठूला एनजिओ चलाएर आलोचना खेपेका झालाई केही महिना अगाडि प्रदेश २ को मुख्यन्यायाधिवक्तामा नियुक्त गरिएको थियो । नेपाल प्रहरीको भगौडाको सूचीमा रहेका झाको मुख्यन्यायाधिवक्तामा योग्यता नपुगेको भनेर सर्वोच्च अदालतमा रिट पनि परेको छ ।

पूर्वमन्त्री कानून मन्त्री बनेका खरेललाई एमालेले खटुवा गर्दै महान्यायाधिवक्तामा नियुक्त गरेको छ । उनै खरेलको जोडबलमा झा मुख्यन्यायाधिवक्ता बनेको चर्चा छ । झाले संघीय फोरम र प्रदेश २ को लागि भन्दा पनि एमालेका लागि काम गर्ने गरेको आरोप छ ।

कामबिहीन बनेका मुख्यन्यायाधिवक्ता झा आजकाल गाउँमा हुने सानातिना कार्यक्रमहरूमा पुगेर प्रमुख अतिथिको भूमिका निभाउने गरेका छन् । तिनै तस्बिरहरूलाई झाले संस्मरण गर्दै ट्वीट गर्ने गरेका छन् ।

मंगलबार पनि झाले ‘तेश्रो दीपक गुप्ता क्रिकेट टुनामेन्ट’को तस्बिर ट्वीट गर्दै प्रमुख अतिथि बनाइएकोमा धन्यावाद दिएका छन् । ‘तेश्रो दीपक गुप्ता क्रिकेट टुनामेन्ट’को समापन समारोहमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्ने सम्मपूर्ण साथीहरूलाई धन्यवाद’, मुख्यन्यायाधिवक्ता झाले ट्वीटमा भनेका छन् ।

Published : Tuesday, 2018 May 1, 9:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया