खोक्रो राष्ट्रवादी ओली लम्पसारवादी भइसकेः शेरबहादुर देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार लम्पसारवाद भईसकेको बताएका छन् ।

धनगढी विमानस्थलमा सोमबार पत्रकारसँग संक्षिप्त कुरा गर्दै देउवाले ओलीको राष्ट्रवादले हावा खाएको बताए । ‘ओलीको खोक्रो राष्ट्रवाद प्रधानमन्त्री भएपछि लम्पसारवादमा परिणत भईसकेको छ’, उनले भने ।

देउवाले ओली सरकार तानाशाही ढंगबाट चलेको बताए । उनले भने, ‘ओली सरकार लोकतन्त्रलाई मासेर आयातित कम्‍युनिस्टवाद लाद्‍न खोज्दैछ ।’

एक दलीयतन्त्र आफूहरूलाई मान्य नहुने भन्दै सभापति देउवाले सरकार नसच्चिए लोकतन्त्रको रक्षाका लागि कांग्रेस बाध्य भएर सडकमा उत्रने चेतावनी दिए ।

Published : Monday, 2018 April 30, 6:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया