सक्रिय बन्यो तरुण दल, जेठ महिनाभरि प्रशिक्षण दिन निर्देशन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जेठ ५ गते सबै जिल्ला कार्यसमितिलाई जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम गर्न निर्देशन दिएको छ ।
तरुण दलले जेठ १२ गते महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाहरूमा तरुण प्रशिक्षण गर्ने निर्णय गरेको छ । जेठ १९ गते सम्पूर्ण वडाहरूमा तरुण प्रशिक्षण गर्न परिपत्र गरेको तरुण दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तरुण दलमा आवद्ध कार्यकर्ताहरूलाई प्रशिक्षित गरेर कांग्रेसलाई मजबुत बनाउन सबै जिल्ला र स्थानीय तहहरूमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न परिपत्र गरिएको हो ।
तरुण दलले भर्खरै सात वटै प्रदेशमा प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षणबाट उत्साहित बनेको तरुण दलले संगठनलाई क्रियाशील बनाउने जेठ ५ गतेको कार्यक्रम राखेको हो ।
1 प्रतिकृया प्राप्त “सक्रिय बन्यो तरुण दल, जेठ महिनाभरि प्रशिक्षण दिन निर्देशन”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
नेपाल तरुण दलले धेरै राम्रो काम गदै आइरहेको छ भोलिका दिन मा पनि अझै राम्रो काम हरु गदै जावस मेरो घर कैलाली जिल्ला को घोघाघोडि नगरपालिका १ मा पछ म पनि नेपाल तरुण दल काम को पतिक्षा गदैछु २०७९ को निर्वाचन मा हामो पाटिको बहुमत आउने छ जय नेपाल