खर्चको मामिलामा विद्यादेवी भण्डारी कांग्रेसभन्दा धेरै अगाडि

काठमाडौं । कम्युनिष्ट गठबन्धनका तर्फबाट राष्ट्रपति उम्मेदवार बनेकी विद्यादेवी भण्डारीले आफ्ना प्रतिद्वन्द्वभन्दा धेरै खर्च गरेको तथ्याङकले देखाएको छ ।

सरकारी सेवासुविधान प्रयोग गरेर राष्ट्रपति पदमा उम्मेदवारी दिन पुगेकी भण्डारीको खर्चलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएको छ ।

माघ २९ मा राष्ट्रपति निर्वाचन भएको थियो । एमाले र माओवादी केन्द्रको तर्फबाट भण्डारीले उम्मेदवारी दिएकी थिइन् । भण्डारीले उपराष्ट्रपतिलाई कार्यबाहक जिम्मेवारी नै नदिएर राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन् ।

एमालेकी भण्डारीले प्रतिष्पर्धी उम्मेदवार कांग्रेसकी कुमारीलक्ष्मी राईले भन्दा ७ हजार २ सय ५० रुपैयाँ बढी खर्च गरेको निर्वाचन आयोगमा बुझाइएको खर्च विवरणमा उल्लेख छ ।

भण्डारीले सवारी साधनमा २० हजार, इन्धनमा ५ हजार, गोष्ठी कार्यकर्ता परिचालनमा १५ हजार र प्रतिनिधि परिचालनमा ५ हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ ।

आयोगले राष्ट्रपति चुनाव भएको २ महिनामा अर्थात् चैत २८ गतेसम्ममा खर्च विवरण बुझाउन भनेकोमा, भण्डारी, राई र उपराष्ट्रपतिका निर्विरोध उम्मेदवार नन्दबहादुर पुनले तोकिएको मितिभन्दा एक दिनअघि खर्च विवरण बुझाएका हुन् ।

भण्डारीको तुलनामा कांग्रेस उम्मेदवार राई किफायती देखिएकी छन् । भण्डारीले मतदाता नामावली खरिदमा हजार रुपैयाँ खर्च गर्दा राईले यो शीर्षकमा एक पैसा पनि खर्च गरेकी छैनन् ।

राईले सवारी साधनमा भने भण्डारीले जत्ति नै २० हजार रुपैयाँ खर्च गरेकी छन् । उनले इन्धनमा भण्डारीले भन्दा २ हजार २ सय ५० रुपैयाँ कम अर्थात् ५ हजार रुपैयाँ खर्चेकी छन् ।

राईले कार्यकर्ता परिचालनमा पनि कत्ति खर्च नगरेको विवरण आयोगलाई बुझाएकी छन् । कार्यालय सञ्चालन शीर्षकमा भने उनले १० हजार रुपैयाँ सकेको विवरण दिएकी छन्, जहाँ भण्डारीले यो शीर्षकमा खर्च गरेकी छैनन् ।

उनले प्रतिनिधि परिचालनमा भण्डारीले जत्ति नै ५ हजार रुपैयाँ खर्च गर्दा, विविध शीर्षकमा भण्डारीले भन्दा अतिरिक्त हजार रुपैयाँ खर्च गरेको विवरण बुझाएकी छन् ।

दोश्रो कार्यकालका लागि निर्बिरोध भएका उपराष्ट्रपति नन्द बहादुर पुनले पनि मतदाता नामावली खरिद, सवारी इन्धन र विविध शीर्षकमा खर्च गरेको विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

उनले मतादाता नामावली खरिदमा ५ सय, चुनावको बेला सवारी साधनमा ६ हजार २४ लिटर डिजेल हाल्दा ५ हजार र विविध शीर्षकमा अर्को ५ हजार रुपैयाँ खर्च गरेको छु भनेर आयोगमा विवरण बुझाएका छन् ।

उम्मेदवाहरुले बुझाएको खर्च विवरणमा राष्टपति भण्डारीले आफैं हस्ताक्षर गरेकी छन् भने कुमारी लक्ष्मी राईको खर्च विवरणमा उनका निर्वाचन प्रतिनिध मीन विश्कर्मा र उपराष्टपति पुनको विवरणमा उनका निर्वाचन प्रतिनिधि सुकबहादुर रोकाले हस्ताक्षर गरेका छन् ।

Published : Saturday, 2018 April 28, 6:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया