अन्तर्घातीलाई कारबाहीको कुरा उठेपछि कांग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले निर्वाचनका बेला अन्तर्घात गर्ने नेताहरूलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

पौडेलले अन्तर्घातीहरूलाई कांग्रेसमा बस्ने अधिकार नरहेको बताए । केन्द्रीय कार्यसमितिको शुक्रबार ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको बैठकमा सम्बोधन गर्दै पौडेलले अन्तर्घातीलाई कारबाहीमा खुट्ट कमाउन नहुने बताएका हुन् । उनले विजय गच्छदारलाई उचित ठाउँ दिनुपर्ने विषय उठाएका छन् ।

पौडेलको धारणापछि बैठक लन्च ब्रेक भएको थियो । लन्च ब्रेकपछि पार्टीका महामन्त्री डा.शशांक कोइरालाले केन्द्रीय समितिमा उठेका सवालहरूको जवाफ दिने तालिका थियो ।

सरकारलाई हेर्ने दृष्टिकोणदेखि महासमिति बैठकको मिति तयसम्मका विषयलाई महामन्त्रीले प्रतिवेदनमार्फत सम्बोधन गर्ने तयारी रहेको छ । प्रतिवेदनलाई अन्तिम रुप दिन नभ्याउँदा बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले बताए ।

सभापति शेरबहादुर देउवाको व्यस्तता देखाउँदै बैठक स्थगित गर्न निर्देशन दिएपछि बैठक शनिबार बिहान ९ बजेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार बिहान सुरु भएको १२औं दिनको केन्द्रीय समितिमा गच्छदारले आफ्नो भनाइ राखेका थिए ।

बैठकमा गच्छदारले पार्टी कांग्रेसमा प्रवेश गर्दाको सहमतिका बुँदाहरू सम्झाएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Published : Friday, 2018 April 27, 6:18 pm

1 प्रतिकृया प्राप्त “अन्तर्घातीलाई कारबाहीको कुरा उठेपछि कांग्रेस बैठक स्थगित”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया