प्रचण्ड र डा.भट्टराईबीच किन भइरहेछ बारम्बार भेट ?

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारीहरू भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईबीच निरन्तर वार्ता भएको रहस्य बाहिरिएको छ ।

उच्च स्रोतका अनुसार वैशाख महिनाभित्र प्रचण्ड र डा.भट्टराईबीच पटक–पटक वार्ता भएको छ । प्रचण्ड र डा.भट्टराईबीच ललितपुरमै भेटवार्ता भएका हुन् ।

भेटवार्ताका बारेमा दुबै पार्टीले केही बताएका छैनन् । यद्यपि, स्रोतका अनुसार माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको पार्टी एकीकरणका विषयमा कुराकानी भएको थियो ।

एमाले र एमालेका नेताहरूले पार्टी एकीकरणका साथै शक्ति बाँडफाँटमा माओवादीलाई होच्याएपछि चित्त दुखाएका प्रचण्डले डा.भट्टराईसँग बाक्लो सम्बन्ध बनाएको एक नेताले बताए ।

वैशाख ९ गते राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा एमालेका नेताहरूले माओवादीलाई होच्याउँदै बोर्डमा नेकपा (माके) भनेर लेखेपछि माओवादी कार्यकर्ता र स्वयं प्रचण्डको पनि चित्त देखेको नेताहरूको भनाइ छ ।

त्यति मात्रै होइन प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी ओलीले माओवादीका नेता र कार्यकर्तालाई केटाकेटी भनेर टिप्पणी गरेपछि एमाले–माओवादीबीचको पार्टी एकीकरणमा अमिलोपना प्रवेश गरेको चर्चा हुन थालेको छ ।

Published : Friday, 2018 April 27, 12:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया