राप्रपा (प्रजातान्त्रिक)ले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

बैठक वैशाख २५, २६ र २७ गते दुई दिन काठमाडौंमा बस्नेछ । बैठकमा निर्वाचनमा पार्टीले ब्यहोर्नुपरेको पराजयको समिक्षाका साथै भावी रणनीतिका विषयमा छलफल हुने प्रवक्ता किरण गिरीले जानकारी दिए ।

प्रतिनिधि सभासहितका निर्वाचनमा नराम्रोसँग पराजय भोगेपछि राप्रपा (प्रजातान्त्रिक)ले सबै जिल्लाहरूमा मजबुत संगठन गरेर अगाडि बढ्ने रणनीति तयारीमा छ ।

यसैबीच, राप्रपा (प्रजातान्त्रिक)ले आफ्ना केन्द्रीय सदस्यहरूलाई बैठकमा आउँदा नागरिकताको फोटोकपी र एक प्रति तस्बिर ल्याएर आउन निर्देशन दिएको छ ।

Published : Thursday, 2018 April 26, 6:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया