आलोचनाको नाममा कांग्रेसको बदनाम नगरौँ : ईश्वरी न्यौपाने

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले निर्वाचनमा पार्टी पराजयको समीक्षा गरेर सुधार गर्दै जानुपर्ने बताएकी छिन् ।

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले एकअर्कालाई आलोचना मात्रै गरेर नहुने बताइन् । ‘हिजो निर्वाचनअघि टिकट बाँड्ने समितिमा बस्न नेताहरूबीच प्रतिस्पर्धा भयो’, उनले भनिन्, ‘आफू परेपछि सबैथोक जितियोजस्तो गरियो । हामीले मानेका नेताहरू रामचन्द्र दार्इ, प्रकाशमान दार्इहरूले समितिमा बसेर निर्णय गर्नुभयो ।’

‘टिकट बाँड्नुभयो अनि अहिले पार्टीको बदनाम र बेइज्जत हुने गरी सार्वजनिक रूपमा लिखित प्रस्ताव ल्याउनु राम्रो होइन’, उनले भनेकी छिन् ।

‘निर्णय प्रक्रियामा सहभागी भएपछि तपाईंहरू पनि उत्तिकै दोषी हुनुहुन्छ’, न्यौपानेले भनिन्, ‘सभापतिलाई मात्र लाञ्छना लगाउने र दोषी देख्ने प्रवृत्ति पटक्कै सुहाउँदिलो देखिएन ।’

Published : Monday, 2018 April 23, 10:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया