नेपाल टेलिकमको फेसबुक पेजमा गडबडी

काठमाडौं । सरकारी सञ्चार सेवाप्रदायक नेपाल टेलिकम (एनटिसी) को फेसबुक पेजको नाम बुधबार राति अचानक परिवर्तन भयो ।

टेलिकमका महत्वपूर्ण निर्णय, सूचना र कार्यक्रमबारे नियमित अपडेट हुने यो फेसबुक पेजको नाम परिवर्तन गरेर बुधबार राति आठ बजेपछि नेपाल न्यूज राखिएको छ ।

नेपाल टेलिकमले आफ्नो वेबसाइटमा पनि यही ३ लाख ६९ हजार ४२१ लाइक भएको फेसबुक पेजलाई आफ्नो आधिकारिक पेजका रुपमा प्रस्तुत गरेको छ ।

नेपाल टेलिकम जस्तो प्रविधिको दिग्गज कम्पनीको फेसबुक पेजमा यति गम्भीर लापरवाही कसरी भयो ? यसबारे संस्थानले केही बोलेको छैन ।

आईटीसम्वद्ध केही व्यक्तिहरूले भने एनटीसीको फेसबुक पेज ह्याक भएको हुन सक्ने अनुमान गरेका छन् ।

उनीहरूले नेपाल टेलिकमले उपभोक्तालाई दिने सेवामा जस्तै फेसबुक पेजमा पनि लापरबाही गरेर ह्याकरको पहुँमा पु¥याएको तर्क गरेका छन् ।

Published : Sunday, 2018 April 22, 12:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया