चीनको ‘नाकाबन्दी’ खोल्न ओली असफल, रित्तै फर्किए मन्त्री

काठमाडौं । विगत ३ वर्षदेखि चिनियाँ पक्षले लगाएको निरन्तरको अघोषित ‘नाकाबन्दी’ खुलाउन केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले नसकेको भन्दै आलोचना हुन थालेको छ ।

चीनको पाँच दिने भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तातोपानी नाका खोल्ने विषयमा कुराकानी गरेको बताए । भूकम्प गएपछि चिनियाँ पक्षले चीनसँगको प्रमुख नाका तातोपानी भन्सारलाई बन्द गरिदिएको छ ।

‘तोतापानी नाका खोल्ने विषयमा चिनियाँ पक्षसँग कुराकानी भएको छ’, त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ज्ञवालीले भने, ‘केही प्राविधिक विषय सम्पन्न गर्नुपर्नेछ । त्यो सकियो भने खुल्न सक्छ ।’

बोआओ सम्मेलनमा चीनले प्रधानमन्त्री केपी ओलीलाई निम्तो नपठाएपछि कुरा मिलउन परराष्ट्रमन्त्री ज्ञवाली बेइजिङ पुगेका थिए । ज्ञवालीले चिनियाँ विदेशमन्त्री र उपराष्ट्रपतिलाई भेटेका थिए ।

तातोपानी भन्सार बन्द गरेर चीनले नेपालमाथि लगातार अघोषित रुपमा नाकाबन्दी लगाएको आवाज उठिरहेको छ ।

नेपाली व्यापारीहरूले तातोपानी नाका खोल्नका लागि पटक पटक सरकारसँग आग्रह गरिसकेका छन् । सरकारले चीनसँग तातोपानी नाका खोल्न आग्रह गरेको छ । तर, चीनले नाका खोल्नेबारेमा अटेर गरिरहेको छ ।

तातोपानी नाका बन्द गरेको चीनले नेपालमा रेल ल्याएर गुडउने भन्ने कुरामा अविश्वास गर्न थालेका छन् । चीनको इच्छा हुने हो भने एकहप्ताभित्र तातोपानी नाका खुल्न सक्छ ।

माओवादी केन्द्रका नेता अग्नि सापकोटाले प्रतिनिधि सभा निर्वाचनका बेला आफूले जितेमा एक महिनाभित्र नाका खोल्ने बताएका थिए । तर, सापकोटा पनि नाका खोल्न सकेका छैनन् ।

तातोपानी नाका हुँदै फ्रितिब्बतको गतिविधि बढेपछि सशंकित बन्न पुगेको चीनले कुनै पनि हालतमा यो नाका खोल्ने पक्षमा छैन ।

भारतले नाकाबन्दी लगाएका बेला समेत चीनले नेपाललाई कुनै पनि सहयोग गरेको थिए । चीनले सधै आफ्नो सुरक्षा हेर्ने गरेको छ ।

फ्रितिब्बतको आन्दोलनलाई नियन्त्रण गर्न चीनले नेपालसँगको सिमानालाई पछिल्लो समय झन् कडा बनाउँदै लगेको छ ।

Published : Saturday, 2018 April 21, 12:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया