रानी ऐश्वर्याले विश्वास गरेको यो ठाउँ, के छ विशेषता ?

काठमाडौं । अति विशिष्ट व्यक्तिहरूको उपचारका लागि वीर अस्पतालमा स्थापना गरिएको छ वटा कोठा अलपत्र परेका छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि वीर अस्पतालका अति विशिष्ट कक्षलाई कसैले प्रयोग गरेका छैनन् । उपचारका लागि विदेशका साथै स्वदेशमा पनि निजी अस्पतालमा जाने परम्पराका कारण वीर अस्पतालको अति विशिष्ट कक्ष प्रयोग विहीन हुन पुगेको हो ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा ६ वटा कोठासहितको कक्ष प्रयोग विहीन रहेको उल्लेख छ । यी कोठाहरूलाई प्रयोगमा ल्याउन आवश्यक पर्ने तयारी गर्न सुझाव प्रतिवेदनमा दिइएको छ ।

‘अस्पतालको अभिलेखअनुसार २०४६ सालपछि अति विशिष्ट उपचार कक्ष उपयोग विहीन अवस्थामा रहेको पाइयो’, महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘अस्पतालमा रहेको एक विशिष्ट कक्षसमेत नियमित प्रयोगमा आएको छैन ।’

‘अस्तालमा बिरामी चापको अनुपातमा आई.सी.यू. तथा अन्य बेड संख्या न्यून भएको अवस्थामा अति विशिष्ट कक्षको लागि सुविधा सम्पन्न छ कोठाको उपयोग सम्बन्धमा उपयुक्त व्यवस्था गर्नुपर्दछ’, प्रतिवेदनमा भनिएको छ ।

स्रोतका अनुसार २०४६ अगाडिसम्म ती अति विशिष्ट कक्षमा राजपरिवारका सदस्यहरूले प्रयोग गर्ने गर्ने । तत्कालीन बडाबहारानी ऐश्वर्य राज्य लक्ष्मीदेवी शाहले अन्तिम पटक अति विशिष्ट कक्षको प्रयोग गरेर वीर अस्पतालमा उपचार गरेको महालेखा परीक्षकका उच्च अधिकारीले बताए ।

राष्ट्रपति, प्रधानमन्त्रीसहितका अति विशिष्ट व्यक्तिहरू सरकारी पैसा लिएर विशेष उपचार गर्न जाने तथा स्वदेशमा उपचार गर्दा पनि निजी अस्पतालमा जाने परम्पराले वीर अस्पतालको विशिष्ट कक्ष प्रयोग विहीन भएका हुन् ।

वर्षेनी सरकारी ढुकुटीबाट विशिष्ट व्यक्ति र नेताहरूका साथै पहुँच भएकाले रकम निकासा गरेर विदेश उपचार गराउने परम्परा बढ्दै गएको छ । यसलाई रोक्ने तर्फ कसैले ध्यान नदिएको गुनासो बढ्दा पनि सरकारले ठोस कदम उठाउन सकेको छैन ।

एक पटक तत्कालीन राष्ट्रपति डा.रामवरण यादबले वीर अस्पतालमा उपचार गरे पनि दोहो¥याएर उनी पनि वीर अस्पताल पुगेनन् ।

Published : Friday, 2018 April 20, 6:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया