कांग्रेस संसदीय दलको सचेतकमा पुष्पा भुसाल नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य पुष्पा भुसाललाई सचेतकमा मनोनयन गरेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालयद्वारा बुधबार जारी विज्ञप्तिअनुसार भुसाललाई संसदीय दलको सचेतकमा नियुक्त गरिएको हो ।

नेपाल कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा २ बमोजिम प्रतिनिधि सभा सदस्यमा भुसाललाई प्रतिनिधि सभाको सचेतक पदमा मनोनयन गरिएको उल्लेख छ ।

यसअघि सभापति देउवाले मुख्य सचेतकमा बालकृष्ण खाँणलाई नियुक्त गरिसकेका छन् ।

Published : Wednesday, 2018 April 18, 7:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया