ओलीलाई टक्कर दिँदै गृहमन्त्रीले बनाए अर्को जासुसी संगठन

काठमाडौं । गृह मन्त्रालयको मुटु मानिने राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालय मातहत लगेपछि गृहमन्त्री रामबहादुर थापाले सोही प्रकृतिको अर्को ईकाई स्थापनाको तयारी थालेका छन् ।

गृह मन्त्रालयले राष्ट्रिय अनुसन्धान विभाग जस्तै सूचना समन्वय तथा विश्लेष ईकार्इ स्थापनाको तयारी थालेको हो । ईकाई स्थापनाका लागि थापाले आफू निकटका मन्त्री, कर्मचारी र उच्च सुरक्षा अधिकारीहरूसँग परामर्श गरेको स्रोतले जनाएको छ ।

गृहले अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक (एसएसपी)को नेतृत्वमा इकाई स्थापना गर्ने तयारी थालेको मन्त्री थापा निकट एक कर्मचारीले बताए । र्इकाई राख्ने प्रस्तावलाई मन्त्री थापाले मन्त्रिपरिषद्बाट स्वीकृत गराई सकेको स्रोतको दाबी छ ।

र्इकाईमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १–१ जना एसपी रहनेछन् । ४ जना प्रमुख अनुसन्धान अधिृकत तथा १ जना बरिष्ठ अनुसन्धान सहायकको दरबन्दी राखिएको गृह मन्त्रालले जनाएको छ ।

सुरक्षा तथा समन्वय महाशाखाको प्रत्यक्ष मातहतमा रहेर तीनै वटा सुरक्षा निकायबाट आएका सूचनालाई एकीकरण गरी बिश्लेषण गर्न सो शाखा स्थापना गर्ने बताइएको छ ।

Published : Wednesday, 2018 April 18, 6:51 pm

1 प्रतिकृया प्राप्त “ओलीलाई टक्कर दिँदै गृहमन्त्रीले बनाए अर्को जासुसी संगठन”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया