पूर्णिमाको हत्या गर्ने तामाङको कोठामा भेटियो रगत लागेको पाइन्ट

काठमाडौं । काठमाडौंको टोखा ७, धापासी हाइट जाने बाटोमा मृत भेटिएकी महिला पूर्णिका विकलाई आफ्नै प्रेमीले हत्या गरेको खुलेको छ । विकको घर गोरखा जिल्लामा पर्छ ।

पर्साको ठोरी गाउँपालिका ४ घर भइ हाल धापासी बस्दै आएका ३० वर्षीय विजय तामाङले ३२ वर्षीया विकको हत्या गरेका हुन् । आइतबार राति साढे ८ बजे धापासी हाइटको करिडोर सडकमा महिला रगताम्मे अवस्थामा भएको खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

श्रीमानले छाडेपछि तामाङसँग मित्रीको काम गर्दै आएकी विक र तामाङबीच प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ । दुबैजना सात महिनादेखि धापासी हाइटमा सँगै बस्दै आएका थिए ।

बेलाबेला कोठामा नजाने गरेका कारण पछिल्लो समय विकप्रति शंका लागेको तामाङले प्रहरी समक्ष बयान दिएका छन् । आइतबार पनि कोठामा जान आग्रह गरेको तर, नमानेपछि आफूले ढुंगाले हानेको तामाङले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

विकलाई ढुंगाले हानेर हिँडेका उनी कोठामा पुगेर खाना पकाएर खाएका थिए । सोमबार बिहान प्रहरीले पक्राउ गरेपछि मात्र उनले विकको मृत्यु भएको थाहा पाएको बताएका छन् । उनको कोठामा रगत लागेको पाइन्ट भेटिएको छ ।

Published : Monday, 2018 April 16, 6:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया