ओलीलाई साथ प्रचण्डलाई लात हान्ने यी हुन् माओवादीका ‘डेञ्जर’ नेता

काठमाडौं । केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच खटपट चलिरहेका बेला पार्टी एकीकरणलाई लिएर माओवादी केन्द्रभित्र तीनधार देखिएको छ ।

नारायणकाजी श्रेष्ठ माओवादीलाई तत्काल एमालेमा विलय गराउने पक्षमा छन् । श्रेष्ठका समूह जसरी हुन्छ छिटोभन्दा छिटो ओलीलाई सहयोग मिल्ने गरेर पार्टी मिसाउने पक्षमा देखिएका हुन् ।

खुलेर नबोले पनि एमालेसंग पार्टी एकता गर्नुहुन्न भन्ने जमात माओवादीमा ठूलै समूह छ । सोही समूहले प्रचण्डलाई हतार गरेर एमालेसँग पार्टी एकीकरण नगर्न दवाव दिँदै आएको छ । प्रचण्ड पनि उनीहरूको सुझावबाट झस्किएका छन् ।

मूलधारबाट फुटेर मोहन वैद्यसंग गएको, पछि माओवादी केन्द्रमा फर्केको समूह माओवादी ‘जनयुद्ध’लाई आत्मसाथ गर्नेगरी ‘सम्मानजनक’ एकताको पक्षमा देखिएको छ । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापाले पार्टी एकता चाहे पनि ओलीसामु झुक्न नहुने अडान राख्दै आएका छन् ।

प्रचण्डले एकीकृत पार्टीको अध्यक्ष र तीन वर्षपछि प्रधानमन्त्रीको सुनिश्चितता खोजेका छन् । प्रचण्डले राखेका अडान र मागबाट एमाले र ओली सशंकित बनेका छन् । प्रचण्डको यो मागलाई एमालेका दोस्रो तहका नेताहरूले कुनै पनि हालतमा पूरा हुन दिने अवस्थामा छैनन् ।

माओवादीले पार्टी एकताको निर्णय गर्ने जिम्मा प्रचण्ड, नारायणकाजी र रामबहादुर थापालाई दिएको छ । कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर वैशाख ९ गते नै पार्टी एकता गर्ने भनिए पनि कतिपय प्राविधिक विषय नमिल्दा एकता पर धकेलिने संकेत देखिएको छ ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार बालुवाटारमा वार्ता गरेपनि कुनै ठोस सहमति भएको छैन ।

दुई नेताबीच वार्तामा औपचारिकता मात्रै भएको स्रोतले जनाएको छ । ओलीको क्रियाकलापबाट प्रचण्ड सशंकित बन्दै आएका छन् ।

Published : Monday, 2018 April 16, 6:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया