रेशम चौधरीलाई ठूलो झट्का, अबको बसाइँ यतातिर…

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालबाट कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित रेशमलाल चौधरीलाई डिल्लीबजार सदरखोर चलान गरिएको छ ।

टीकापुर नरसंहारका नाइके चौधरीलाई वीर अस्पतालबाट उपचारपछि डिल्लीबजार खोर लगिएको हो । चौधरी अवस डिल्लीबजारको सदरखोरमा बस्नेछन् ।

प्रतिनिधि सभा निर्वाचनमा झण्डै ३४ हजार मतसहित विजयी भएका थिए । तर, निर्वाचन आयोगले उनलाई निर्वाचित भएको प्रमाणपत्र दिन आनाकानी गरिरहेको छ ।

टीकापुर घटनाका प्रमुख नाइके चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । त्यसपछि सांसदको प्रमाणपत्र र शपथको माग गरेर कैलाली कारागारमा अनसन समेत बसेका थिए ।

स्वास्थ्य अवस्था नाजुक भएपछि चौधरीलाई उपचारका लागि वीर अस्पताल ल्याइएको थियो । गृहमन्त्री रामबहादुर थापाले जुस खुवाएर चौधरीको अनसन तोडाएका थिए ।

डिल्लीबजार सदरखोर ल्याउन अगाडि आफ्ना समर्थकलाई हिन्दी फिल्मको शैलीमा हत्कडी देखाएर फोटो खिचाएका थिए ।

Published : Sunday, 2018 April 15, 4:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया