ग्राण्डी अस्पतालमा युवकले गरे आत्महत्या

काठमाडौं । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएका एक युवकले छैटौँ तलाबाट हामफालेर आत्महत्या गरेका छन् ।

स्याङजा जिल्लाको फेदीखोला स्थायी घर भएका १६ वर्षीय कृष्ण क्षेत्री फागुन २० गते अस्पताल भर्ना भएका थिए । शुक्रवार साँझ साँढे चार बजे उनले अस्पतालको छैटौं तलाबाट हाम्फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

चेकजाँचका क्रममा क्यान्सर भएको देखिएपछि अब बाँच्दिन भन्ने लागेर क्षेत्रीले आत्महत्या गरेको हुनसक्ने आफन्तहरूले बताएका छन् ।

कृष्णलाई कुर्न बसेकी उनको आमा शौचालय गएको बेला कृष्ण अस्पतालबाट हाम्फालेका थिए । क्षेत्रीले आत्महत्या गरेपछि अस्पताल प्रशासनले उनको उपचारमा लागको सम्पूर्ण खर्च मिनाहा गरेको छ ।

Published : Sunday, 2018 April 15, 11:08 am

1 प्रतिकृया प्राप्त “ग्राण्डी अस्पतालमा युवकले गरे आत्महत्या”

  • यहा आएका सम्पूर्ण समचार सहि र बास्तबिक हुन्छन…

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया