अध्यक्ष बन्न विद्यार्थी नेताबीच ‘भक्कुराभक्कुर’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेला प्रतिनिधिबीच विवाद हुँदा कुटाकुट भएको छ ।

काठमाडौंको धुम्बाराहीमा बुधबारबाट सुरु भएको भेलामा विद्यार्थीको अध्यक्ष बनाउने विषयमा दुई समूहबीच कुटाकुट भएको हो । राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले आफ्नै गृहजिल्ला झापाका रविन ढुंगानालाई विद्यार्थी संगठनको अध्यक्ष बनाउन दवाव दिएपछि विवाद सुरु भएको थियो ।

लिङदेनले अध्यक्षको उम्मेदवारी दिन गएका ऋषिकेश न्यौपाने र रामचन्द्र लामिनेलाई हकारेका थिए । त्यसपछि लिङ्देनले निरंकुशता देखाएको भन्दै प्रतिनिधहरूबीच विवाद सुरू भएको थियो ।

विवादपछि प्रतिनिधिबीच हलभित्रै कुटाकुट भएको एक प्रतिनिधिले बताए । विवाद चर्किएपछि केही समय भेला स्थगित भएको थियो । विवादपछि स्थगित भेला पुनः सुरु भएको छ । भेला बिहीबार सम्म चल्नेछ ।

बुधवार सुरु भेलामा २० जिल्लाका ४० जना विद्यार्थी उपस्थित रहेका छन् । भेलामा विद्यार्थीको न्यून उपस्थिति देखेर प्रमुख अतिथिको रूपमा पुगेका राप्रपा अध्यक्ष कमल थापाले हीनताबोध महसुस भएको बताएको ती प्रतिनिधिले जानकारी दिए । भेलाको उद्घाटन गर्दै अध्यक्ष थापाले विद्यार्थीको उपस्थिति निरासाजनक रहेको उल्लेख गरेका छन् ।

Published : Wednesday, 2018 April 11, 8:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया