धर्मगुरुमाथि आक्रमण भएपछि काठमाडौंमा प्रदर्शन

काठमाडौं । क्रिश्चियन धर्म समर्थकहरूद्वारा हिन्दूधर्मका धर्मगुरुमाथि भएको गोली प्रहारको विरोध गर्दै विभिन्न हिन्दूवादी संघसंस्थाले विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा सोमबार दिउँसो विभिन्न संघ संस्थाले धर्मगुरु आचार्य श्रीनिवासलाई गोली प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्न दवाव दिने उदेश्यले प्रदर्शन गरिएको हिन्दू युवा जनशक्ति संघका अध्यक्ष विकास ठाकुरले जानकारी दिए ।

गो हत्या र सनातन धर्म संस्कृतिमाथि हुने गरेका घटनाको पनि विरोध भएको थियो ।

विराटनगरस्थित राम मन्दिरमा आइतबार अपरिचित समूहले धर्मगुरु श्रीनिवासमाथि गोली प्रहार गरेको थियो । खतरामुक्त रहेका उनको विराटनगरमा उपचार भइरहेको छ ।

धर्मगुरु श्रीनिवासलाई गोली हानिएको स्थानमा क्रिश्चियन धर्मसँग सम्बन्धित पर्चा फेला परेको थियो ।

प्रदर्शनमा उत्रिएका हिन्दूवादी संघ संस्थाका समर्थकहरूले वर्तमान कम्युनिष्ट सरकारले हिन्दूधर्मको संरक्षण गर्नुभन्दा क्रिश्चियनहरूलाई फाइदा पुग्ने गरेर विभिन्न निर्णय र क्रियाकलाप गरेको भन्दै कडा रुपमा विरोध गरेका छन् ।

Published : Monday, 2018 April 9, 6:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया