कहाँ लुकेर बसेका छन् ‘विप्लव’ ? पत्ता लाग्यो ‘सेल्टर’

काठमाडौं । भूमिगत गतिविधि गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भारतमा लुकेर बसेको खुलासा भएको छ ।

नेपाल प्रहरी चन्दविरुद्ध वारेन्ट जारी गरेपछि पक्राउ पर्ने डरले भारतमा लुकेर बसेको खुलासा भएको हो । ठूला घराना र उद्योगहरूमा चन्दा मागेर बम पड्काउने लगायतका गैरकानूनी क्रियाकलाप गर्दै आएका महासचिव चन्द उत्तर प्रदेशको सीमावर्ती गाउँमा लुकेर बसेको उच्च स्रोतले जनाएको छ ।

भारतीय सीमावर्ती गाउँबाट आफ्ना नेताहरूलाई फोनमा निर्देशन दिने गरेका छन् । महासचिव चन्दलाई भारतले नै पछिल्लो समय संरक्षण दिएको स्रोतले दाबी गरेको छ । हुन त केही दिन अगाडि महासचिव चन्दलाई मध्यपश्चिमा जिल्लाहरूमा स्थानीयले देखेका थिए । त्यति मात्रै होइन बेलाबेला चन्द राजधानी पनि आउने गरेको उच्च स्रोतले जनाएको छ ।

नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘प्रहरीले वारेन्ट जारी गरेपछि के गर्ने कतै त बस्नु पर्छै नि । नेपाल–भारतको सीमावर्ती क्षेत्रमा बस्नु भएको छ । त्यहीबाट निर्देशन दिने गर्नुभएको छ ।’ महासचिव चन्दले चन्द नदिने कम्पनी, उद्योग, व्यक्ति र संघ संस्थालाई भौतिक कारबाही गर्नका लागि निर्देशन दिएको ती नेताले बताए ।

केही दिन अगाडि नेकपाका कार्यकर्ताले एनसेल र कालिका कन्ट्रक्सनमाथि भौतिक कारबाही गरेका थिए । त्यसपछि प्रधानमन्त्री केपी ओलीले संसदमा नेकपाले चन्द उठाउन राजनीतिक खेलवाड गरेको भन्दै कानूनी दायरामा ल्याउने चेतावनी दिएका थिए ।

भारत भ्रमणमा रहेका बेला ओलीले नेकपाका गैरकानूनी गतिविधि बढेको भन्दै उनीहरूलाई संरक्षण नदिने चेतावनी दिएको स्रोतले जनाएको छ ।

Published : Sunday, 2018 April 8, 7:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया