खुमबहादुरलाई आफ्नै गाउँमा सम्झिए कांग्रेसका कार्यकर्ताले, लमहीमा भव्य कार्यक्रम

लमही । स्वर्गीय नेता खुमबहादुर खड्काको नवौँ दिनको पुन्यतिथिका अवसरमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले श्रद्धाञ्जलि दिएको छ ।

लमहीमा शनिबार आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले खड्काप्रति श्रद्धाञ्जलि दिएको कांग्रेस नेता योगेन्द्र चौधरीले जानकारी दिए ।

‘खुमबहादुर खड्काले दाङ जिल्ला र नेपाली कांग्रेसप्रति गरेको योगदानको स्मरण गरिएको छ’, नेता चौधरीले भने, ‘खड्काको निधनबाट दाङलाई मात्र नभइ सिङ्गो कांग्रेसलाई असर परेको छ । क्षति भएको छ ।’

श्रद्धाञ्जलि कार्यक्रममा कांग्रेसकी समानुपातिक सांसद पार्वती डिसी चौधरी, पूर्व सांसदद्वय सुशीला चौधरी र योगेन्द्र चौधरी, कांग्रेसका स्थानीय नेता बासुदेव जंगलीसहितका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2018 April 7, 7:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया