‘एसएबी’मा वार्षिक पुरस्कार र दीक्षान्तको विशेष कार्यक्रम

काठमाडौं । सूर्योदय एजुकेशन फाउण्डेशनद्वारा सञ्चालित एसएबी पब्लिक स्कूल डिल्लीबजार घट्टेकुलोले ‘डेभिड वार्षिक पुरस्कार वितरण तथा दीक्षान्त समारोह २०७४’ मनाएको छ ।

कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलका साथै अभिभावक र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

विद्यालयमा यस वर्ष विभिन्न विधामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई सम्मान प्रदान गरिएको छ । वर्षभरि उत्कृष्ट कार्य गर्ने शिक्षक तथा कर्मचारीहरूलाई पनि सम्मान प्रदान गरिएको जारी प्रेस नोटमा उल्लेख छ ।

विद्यार्थीको प्रतिभा र क्षमताको कदर गर्दै बार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई एसएबी पब्लिक स्कूलले आउँदो शैक्षिक सत्र २०७५ का लागि छात्रवृत्ति प्रदान गरेको छ । पूर्व प्राथमिकतहका विद्यार्थीको दीक्षान्त समारोह पनि सोही कार्यक्रममा सम्पन्न गरिएको थियो ।

सूर्योदय एजुकेशन फाउण्डेशनका अध्यक्ष एवम् विद्यालयका प्रिन्सिपल लक्ष्यबहादुर केसीले यस वर्ष विभिन्न कक्षाहरूमा र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई बधाई दिए ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले देशको शिक्षा क्षेत्रमा निजी विद्यालयहरूले खेलेको उल्लेखनीय भूमिकाको चर्चा गरे ।

विद्यार्थीको विभिन्न साँस्कृतिक नृत्य एवम् प्रस्तुतिहरू रहेको समारोहमा यस वर्षको रिजल्ट वितरण गरिएको विद्यालयका निर्देशक प्रेम ओलीले जानकारी दिए ।

Published : Saturday, 2018 April 7, 4:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया