रेशम चौधरीलाई भुल्यो राजपाले, कम्युनिष्ट सरकार दङ्ग

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाले आफ्नै नेता कार्यकर्तामाथि परेका उजुरीकर्ताहरूलाई मुद्दा फिर्ता लिन आग्रह गरेको छ ।

काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको राजपा अध्यक्षमण्डलको बैठकले सबै मुद्दाहरू फिर्ता लिनका लागि उजुरीकर्ता नेता तथा कार्यकर्ताहरूसँग आग्रह गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘पार्टीमाथि पार्टीकै जिम्मेवार पदाधिकारी, सदस्य र कार्यकर्ताहरूबाट लगाइएका मुद्दा १५ दिनभित्र फिर्ता लिन सम्बद्ध सबैलाई आग्रह गर्ने निर्णय गरियो ।’

निर्वाचनका बेला अन्तरघात तथा असहयोग गरेको भन्दै पदाधिकारी, केन्द्रीय सदस्य र नेताहरूका विरुद्ध केन्द्रीय कार्यालयमा कारबाहीको माग गर्दै उजुरी परेका छन् । ती उजुरीहरूलाई फिर्ता लिन राजपाले निर्देशन दिएको हो ।

राजपा नेपालले सरकारद्वारा पक्राउ गरिएका र मुद्दा लगाइएका नेता तथा कार्यकर्ताको रिहाइका विषयमा विज्ञप्तिमा केही बोलेको छैन । राजपाले विज्ञप्तिमा रेशम चौधरीका बारेमा पनि एकशब्द पनि उल्लेख गरेको छैन ।

राजपा नेपाल संसदीय दलको बैठक चैत २२ गते विहीवार संसदीय दलको कार्यालय सिंहदरवारमा बस्ने निर्णय गरेको छ । सो वैठकमा दलको विधान, नियमावली, लेवीको विषयमा छलफल गर्ने निर्णय गरिएको महासचिव केशव झाले जानकारी दिए ।

प्रदेशसभा संसदीय दलको बैठक गरी प्रदेशसभा संसदीय दलको विधान, नियमावली र लेवीको विषयमा प्रदेशसभा संसदीय दलको बैठक वोलाई आवश्यक निर्णय लिन निर्देशन दिने निर्णय भएको झाले बताए ।

पार्टी राजनीतिक समितिको वैठक २०७५ वैशाख ८ गते दिनको ११ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने निर्णय पनि भएको छ । पार्टीको विधान नियमावली, निर्देशिका लगायत पार्टी महाधिवेशन सम्पन्न गर्न आवश्यक कागजातहरू तैयार गरी २०७५ वैशाख ६ गतेभित्र अध्यक्षमण्डलमा पेश गर्ने निर्णय पनि भएको छ ।

राजपा नेपालको एकता दिवशलाई स्थापना दिवश मानी दोस्रो पार्टी स्थापना दिवश २०७५ वैशाख ७ गते काठमाडौं र पार्टी संगठन भएका सबै जिल्लाहरूमा भव्यतापूर्वक मनाउने निर्णय समेत गरेको महासचिव झाले बताए ।

Published : Wednesday, 2018 April 4, 8:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया