दाङकी शान्ताले पाइन् एमालेको विशेष जिम्मेवारी

काठमाडौं । नेकपा (एमाले)ले समानुपातिक सांसद शान्ता चौधरीलाई संसदीय दलको सचेतकको जिम्मेवारी दिएको छ ।

बालुवाटारमा बुधबार बसेको संसदीय दलको बैठकले चौधरीलाई सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

दाङ जिल्ला निवासी चौधरी एमालेको बैकल्पिक केन्द्रीय सदस्य समेत हुन् । अघिल्लो संविधान सभामा पनि उनी समानुपातिक सांसद थिइन् ।

त्यस बेला चौधरीले संसदको प्राकृतिक स्रोत साधन समितिको सभापतिको जिम्मेवारी पाएकी थिइन् ।

दोस्रो संविधानसभाका बेला नेतृ चौधरी दाङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसकी सांसद सुशीला चौधरीसँग पराजित भएकी थिइन् ।

Published : Wednesday, 2018 April 4, 8:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया