हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक

काठमाडौं । वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ ।

श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको ६७ वर्षको उमेरमा सोमबार राति करिव ११ बजे अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित यशोदाको हरिसिद्धिको क्यान्सर अस्पतालमा निधन भएको वरिष्ठ हाँस्यकलाकार हरिवंश आचार्यले जानकारी दिए । यशोदालाई आन्द्रा, फोक्सो र मेरुदण्डको समस्या थियो ।

२०३० सालमा सूर्यविनायक मन्दिरमा मदनकृष्णले यशोदासँग परिवारको मञ्जुरीमा अन्तरजातीय विवाह गरेका थिए । यशोदाका उनयमन र सरना दुई सन्तान छन् ।

श्रेष्ठलाई पत्नी शोक परेको खबर थाहा पाएपछि शुभेच्छुक, आफन्त र कलाकारहरू बिहानैदेखि अस्पतालमा जम्मा भएका छन् । श्रेष्ठकी पत्नी यशोदाको मंगलबार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने आचार्यले जानकारी दिए ।

Published : Tuesday, 2018 April 3, 7:48 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया