राजपाले कम्युनिष्ट सरकारलाई अफ्ठ्योरो बनाउने

काठमाडौं । कम्युनिष्ट प्रधानमन्त्री खड्कप्रसाद ओलीले पूर्वसहमतिअनुसार सांसद रेशमलाल चौधरीलाई नछाडेपछि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) आन्दोलनमा जाने तयारी थालेको छ ।

राजपाले आन्दोलन गर्ने मुड बनाए पनि कुन प्रकारको आन्दोलन गर्ने हो केही तयारी गरेको छैन । आन्दोलनका लागि वर्तमान ओली सरकारलाई एक सय दिनको समय दिने भएको छ ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनमा लिखित सहमति र मधेशवादी दलहरूसँग भइरहेको वार्ताको टुंगो लगाउन आनाकानी गरेपछि राजपाले सडक र सदनबाट आन्दोलनको मुडमा देखिएको हो ।

संविधान संशोधनमा प्रधानमन्त्री ओलीले मधेशवादी दलका विषयलाई बेवास्ता गरेको भन्दै राजपा असन्तुष्ट छ । मधेशवादी दल र सरकारबीच लगातार भइरहेको वार्तामा प्रधानन्त्री ओलीले संविधान संशोधनका विषयमा पनि सार्वजनिक रुपमा लिखित हस्ताक्षर गर्न नमानेको आरोप मधेश केन्द्रित दलले लगाएका छन् ।

राजपाले कैलाली–१ बाट निर्वाचित सांसद चौधरीको मुद्दा फिर्ता र उनको रिहाइको जोडदार माग गर्दै आएको छ । राजपाले प्रधानमन्त्री समक्ष चौधरीलाई हिरासतमै भएपनि संघीय संसदको सपथग्रहणको वातावरण मिलाउन आग्रह गर्दै आएको छ ।

Published : Monday, 2018 April 2, 9:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया