वडाध्यक्षको हत्यापछि बावु–छोरा फरार

पाँचथर । पाँचथर जिल्लामा कुटपिटबाट एकजना वडाध्यक्षको मृत्यु भएको छ ।

हिलिहाङ गाउँपालिका–७ बस्ने ६० वर्षीय तीर्थराज तिम्सिनाको कुटपिटबाट मृत्यु भएको हो । चैत ११ गते सोही ठाउँको सन्देवा घुम्तीबाट चुथरा जाने बाटो खन्ने क्रममा विवाद हुँदा वडाध्यक्ष तिम्सिनालाई कुटपिट भएको थियो ।

सोही ठाउँ बस्ने ५९ वर्षीय भीमप्रसाद योक्पाङदेन र उनको २१ वर्षीय छोरा सुवास योक्पाङदेनले वडाध्यक्ष तिम्सिनालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते वडाध्यक्ष तिम्सिनाको पाथीभरा अस्पतालबाट थप उपचारको लागि झापातर्फ लैजाने क्रममा शुक्रबार बाटोमै मृत्यु भएको हो ।

कुटपिटमा संलग्न भीमप्रसाद याक्पाङदेन र सुवास याक्पाङदेन फरार छन् । उनीहरूको प्रहरीले खोजतलास जारी राखेको छ ।

Published : Saturday, 2018 March 31, 6:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया