‘पंगा’ नलिन लालबाबुद्वारा निजामती कर्मचारीलाई चेतावनी

काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीहरूलाई अराजक नबन्न सुझाव दिएका छन् ।

मन्त्री पण्डितले सरकारले दिएको निर्देशन र जिम्मेवारीलाई कार्यान्वयन गर्न नमान्ने कर्मचारीहरू राष्ट्र सेवक हुनै नसक्ने बताए ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पण्डितले भने, ‘बहुमतको सरकार आएको छ । सरकारले तोकेको जिम्मेवारीमा जान नमान्ने कर्मचारी राष्ट्र सेवक हुन सक्दैन । त्यस्ता कर्मचारीबाट हामी सचेत छौँ ।’

कर्मचारीले आन्दोलन गर्ने भनेर दिएको धम्कीको कुनै अर्थ नरहेको मन्त्री पण्डितको भनाइ छ ।

‘सडकमा वा कुनै क्लवमा पुगेर आन्दोलन गर्छु भनेर धम्की दिँदैमा सरकार कर्मचारीहरूसँग डराउँदैन’, उनले भने, ‘चित्त बुझेको छैन भने सरकारसँग कुरा गर्ने हो । कर्मचारीका नेताहरू सडकमा पुगेर बोल्ने होइन । चित्त नबुझेका कुरामा मसँग सम्वाद गर्नुपर्छ ।’

प्रदेशमा खटाइएका कर्मचारीहरू जान नमानेपछि उनीहरूको आलोचना हुँदै आएको छ । निजामती कर्मचारीका नेताहरूले सरकारले दवाव दिएको र त्यस्तो दवाव आफूहरूका लागि मान्य नहुने बताका छन् ।

Published : Thursday, 2018 March 29, 11:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया