एमालेका मन्त्रीले मन्त्रालयमा पत्नीसँग मनाए जन्मोत्सव

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले जन्मोत्सव मनाउन सुरु गरेपछि उनको दलका नेता र मन्त्रीहरूले पनि त्यही शैलीमा जन्मोत्सव मनाउन थालेका छन् ।

एमालेका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरूले ओलीपछि लगातार जन्मोत्सव मनाइ सकेका छन् । ओलीले त आफ्नो सरकारी निवास बालुवाटारमा भव्य भोज नै गरेका थिए । झण्डै दुई दिन चलेको ओलीको जन्मोत्सवमा लाखौँ रुपिया खर्च भएको एमालेकै एक नेताले बताएका छन् ।

प्रधानमन्त्री ओली र एमालेका अन्य नेताहरूको जन्मोत्सवलाई झल्को दिने गरेर कानूनमन्त्री शेरबहादुर तामाङले पनि मन्त्रालयमा जन्मोत्सव मनाएका छन् ।

कानून मन्त्रालयको कार्यकक्षमा पुगेर पत्नी उषाकला राईले पति समेत रहेका मन्त्री तामाङलाई फूलको माला र खादा ओढाइदिएकी छिन् । खादा र फूल दिएपछि राईले तामाङसँग मन्त्रीको कुर्सीसँग उभिएर सेल्फी लिएकी छिन् ।

‘मेरो श्रीमान, मेरो जीवन साथी मा.कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको आज जन्मदिन परेको छ’, राईले फेसबुकमा तस्बिर पोष्ट गर्दै लेखेकी छिन्, ‘यस महत्वपूर्ण घडीमा म हजुरको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु । साथै यो मुलुकमा भएको भ्रष्टाचार अन्त्य गर्ने, सर्वसाधारण जनताको पहुँचमा न्याय पु¥याउने मन्त्रीको हैसियतले हजुरले थालेको महान अभियानले सार्थकता पाओस् र मुलुकको समृदि सम्भब रहोस हार्दिक शुभकामना ।’

आफ्ना मन्त्री पति तामाङलाई पत्नी राईले घरमा शुभकामना नदिएर मन्त्रालय पुगेर शुभकामना दिनुको रहस्य के हो भनेर एमालेका नेताहरू जिब्रो टोक्न थालेका छन् ।

Published : Thursday, 2018 March 29, 11:21 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया